लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

tillotmacitynews - 2023 Jun 23 09:02 AM
IMG

तिलोत्तमा / असार ८ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे छ। पहिरामा परि छोरा बेपत्ता भएका छन्। मृत्यु र बेपत्ता हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।


बिहीबार राति करिब ११ बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पुरिएको छ। 


बिहीबार राति जिल्लाको चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन्। 


पहिरोमा परेका २ जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्। पहिरोले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन।


कमेन्ट गर्नुहोस्