लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा चापाकलको ह्यान्डलले हानेर आफ्नै साथीको हत्या, प्रहरीद्वारा हत्यारा सार्वजनिक

tillotmacitynews - 2023 Jun 17 11:33 AM
IMG

तिलोत्तमा,असार २ गते २०८०।रुपन्देहीको तिलोत्तमामा साधारण मनमुटाव मै आफ्नै साथीको चापकलाको ह्यान्डलले हानेर हत्या गरेका छन्।हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कुंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मँगलबार हत्या गरेको भन्दै अभियुक्त कुवरलाई सार्वजनिक गरेको हो ।


अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएका थिए ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको जानकारी दिए ।जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।  

कमेन्ट गर्नुहोस्