लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वानएक्स बेटमा आठ जना कलाकार र युट्युबर हरु पक्राउ

tillotmacitynews - 2023 Jun 15 02:31 PM
IMG

तिलोत्तमा / जेठ ३२ ।  वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा बल्छी धुर्वे भनेर चिनिने मरिचमान श्रेष्ठ, म्याकुरी भनिने पवन खतिवडा, राजु मास्टरले चिनिएका राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने बेगम नेपाली छन्।


उनीहरूलाई प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो। युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए।  बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो। 


पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कमेन्ट गर्नुहोस्