लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्यारामाउन्ट बोर्डिङमा रोबटिक्स प्रदर्शनी

tillotmacitynews - 2023 Jun 11 11:12 PM
IMG

     तिलोत्तमा / जेठ २८ । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलमा रोबटिक्स प्रदर्शनी एव कार्यशाला गोष्टि सम्पन्न भएको छ। 


जेठ २५ गते रोबटिक्स प्रदर्शनी र २६ गते कार्यशाला गोष्टि सञ्चालन भएको विद्यालयले जनाएको छ। 


रोबटिक्स प्रदर्शनीमा ८ प्रकारका रोबर्ट राखिएको थियो भने ६ सय जना एसईई दिएर बसेका बिद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा आरसि रोबर्ट, सर्वो मोटर, लेड चेसर, स्मार्ट बत्ती, मोटर ड्राईभर, कृत्रिम बौद्धिक मेसिन तथा रोबर्ट बनाउन आवश्यक आधारभुत यन्त्र उपकरणमा प्रयोग गरिने प्रोग्रामिङ कोडहरु राख्ने तथा तिनको समुचित कार्यान्वयन समेत गरिएको थियो।दोस्रो कार्यक्रम अन्तरगत भएको गोष्टिमा ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए।सुरज बस्याल र सुरज पन्तको संयोजनमा भएको कार्यक्रममा धेरै विद्यार्थीहरुले मौकाको फाईदा उठाएको बिद्यालयको दाबी छ।बिद्यालयका सम्योजक लक्ष्मण अर्यालले बिद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्न यस्ता कार्यक्रमहरु बिद्यालयले नियमित गर्दै आईरहेको बताए।

कमेन्ट गर्नुहोस्