लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि प्राथमिकतामा (पूर्णपाठ)

tillotmacitynews - 2023 Jun 09 11:32 PM
IMG

तिलोत्तमा, जेष्ठ २६ गते। लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको छ ।धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने केही नयाँ कार्यक्रममा रोजगारी तथा उत्पादनसँग जोडेर ल्याएको छ ।


प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत पुराना कार्यक्रमलाई नयाँ नारा दिएर प्रस्तुत गरेको छ भने केही नयाँ कार्यक्रमलाई रोजगारी तथा उत्पादनसँग जोडिएको पनि छ ।नीति तथा कार्यक्रममा प्रदेशमा रहेका गौरवका आयोजनालाई उच्च प्राथमिकता दिँदै  प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा निर्माणाधीन भौतिक संरचना सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरी तीव्रता दिइने उल्लेख छ ।त्यस्तै नदी सभ्यतामा आधारित राजधानीमा सुविधा सम्पन्न सहर विकासका लागि जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्य तदारुकताका साथ अगाडि बढाइने सरकारले जनाएको छ ।


प्रदेश भित्रका सम्भाव्य स्थानमा नयाँ सहरको विकास गर्न प्रादेशिक सहरी विकास गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयन गर्न पाल्पाको रामपुर, कपिलवस्तुको महाराजगन्ज र दाङको कोइलावास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई अगाडि बढाउने सरकारले जनाएको छ ।सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप १२ वटै जिल्लामा सहरी र बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ ।पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस :-

कमेन्ट गर्नुहोस्