लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निरु हत्या आरोपमा एक जना पक्राउ

tillotmacitynews - 2023 Apr 29 10:34 PM
IMG

तिलोत्तमा सिटी १६ बैशाख २०८०। कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको समिति उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकरात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।


७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए । हत्या भएको एक साताभन्दा बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै प्रशासनविरुद्ध आन्दोलन भइरहेको थियो ।त्यहीबीच प्रहरीले शनिबार राति झापाबाट एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । 

कमेन्ट गर्नुहोस्