लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपांगता सम्बन्धी सचेतना कार्यक्रम तिलोत्तमामा सम्पन्न

tillotmacitynews - 2023 Apr 29 03:24 PM
IMG

तिलोत्तमा सिटी १६ बैशाख २०८०।  अपांगता सम्बन्धी एक दिवसिय सचेतना सम्बन्धी एक दिवसिय कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ । स्वतन्त्र विकास समाजको आयोजना र  तिलोत्तमा वडा नं ७ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं ७ का कार्यबहाक अध्यक्ष गणेश भण्डारीले अब वडाले ल्याउने हरेक योजना तथा कार्यक्रममा अपांगता भएका व्यक्तीको सहभागिता गराउने र अब बन्ने भौतिक संरचना अपांगता मैत्री बनाउनुका साथै बनेका  संरचना पनि पुन ःनिर्माण अपांगतामैत्री बनाउने समेत प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।अब छिट्टै वडामा रहेका अपांगता भएका ब्यक्तिको तथ्यांक संक्लन गरि अपांगता भएका ब्यक्तिका आवश्यकता पहिचान गरि आवस्यकता अनुसारका कार्यक्रम ल्याउने बताउनु भयो । बालमैत्री नगर बनाएझै गरि अब अपांगतामैत्री नगर संरचना गर्न आफू अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकका वडा नं ७ का नेपाली कांग्रेसका सभापति दिनमणि पंगेनीले अब राजनितिक पार्टीबाट पनि जनप्रतिनिधि उठाउदा अपांगता भएका व्यक्तीको पनि ख्याल गर्दै उनीहरुलाई पनि स्थान दिनुपर्ने कुरामा जोड दिनुभयो । यदि अवसर पाउने हो भने कुनै पनि अपांगता भएको व्यक्तीले पनि धेरै सक्ने कुरालाई उदाहरणसहित प्रस्ट पार्नुभयो ।कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं ७  नेकपा एमालेका का.अध्यक्ष केशव सुवेदीले अपांगता भएका व्यक्तीलाई पनि साङ्ग व्यक्ती सरह अवसर दिने कुरामा सबै क्षेत्रबाट आवाज उठाउनुपर्ने  कुरामा जोड दिनुभयो । अपांगता भएका व्यक्तीको संख्या बढ्दो क्रममा भएको हुदाँ यस कुरामा संवेदनशील हुन  आग्रह गर्नुभयो  ।


कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सावित्रा घिमिरेले अबको पालो अपांगगता भएका व्यक्तीको हक अधिकारका लागि आवाज उठाउनुपर्ने बेला आएको हुँदा अपांगता भएका व्यक्तीको हक अधिकारका लागि वडाका हरेक योजना तथा निति निर्माण गर्ने कार्यमा अपांगता भएका व्यक्तीको अनिवार्य रुपमा सहभागिता बनाएर काम गर्न आग्रह गर्दै अब अपांगता भएका व्यक्ती संघसस्था जनप्रतिनिधि तथा सरोकारवाला   निकाय  हातेमालो गरेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।अपांगता भएका  व्यक्ती ,जनप्रतिनिधि , स्वास्थ्य क्षेत्रमा प्रतिनिधि , विद्यालयका प्र.अ टोल विकास संस्थाका प्रतिनिधि ,आमा समुहका प्रतिनिधि लगाएका सरोकारवालाहरुको विचमा भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय अपांग महासंघ नेपालका अनुशासन आयोगका संयोजक देवी बहादुर पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा अपांगताको परिचय , अपांगताको प्रकार, अपांगता भएका व्यक्तीको हक अधिकारका क्षेत्रमा संिवधानमा उल्लेख भएका कुरा , सरोकारवाला निकायको दायित्व लगाएका विषयमा सहजीकरण भएको थियो ।




कमेन्ट गर्नुहोस्