लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत अर्याल, राष्ट्रपती पौडेलबाट विभूषित

IMG

तिलोत्तमा,२०८० बैशाख १।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ‘प्रबल जनसेवा श्री विभूषणबाट विभूषित भएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट उक्त विभूषण प्रदान गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा आज सो कार्यक्रम आयोजना गर्दै विभूषित गरिएको थियो।प्रशासकीय अधिकृत अर्याल  बिगत ९ महिनादेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत रहेका छन्।

कमेन्ट गर्नुहोस्