लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा पत्रकारिताको अवस्थाबारे सम्पादकहरुसँग छलफल

IMG

तिलोत्तमा,२०७९ माघ २८ गते। नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कको आयोजनामा शनिबार रुपन्देहीका प्रतिनिधिमूलक सम्पादकहरुसँग समयसामयिक पत्रकारिताको बारेमा छलफल कार्यक्रम गरेको छ ।कार्यक्रममा पछिल्लो समय पत्रकारिताका बारेमा उठेका प्रश्न र रुपन्देहीमा सञ्चारगृहहरुमा सम्पादकीय स्वतन्त्रता, बिषयबस्तुको उठान तथा पेशागत मर्यादाका बारेमा छलफल गरिएको हो । छलफलमा पेशागत रुपमा नेपाली पत्रकारिताकोस्तर खस्केको भन्दै सम्पादकहरुले चिन्ता व्यक्त गरेका छन्।


पत्रकारहरुको आफ्नै कारणले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठेकाले पेशालाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरु पेशागत रुपमा अनुशासित हुनुपर्नेमा जोड दिइएको छ । राज्यको चौथौ अंगको रुपमा स्थापित पत्रकारिता पेशा समाजको ऐना र नागरिकको अभिन्न अंग भएकाले पत्रकारिता भित्रको विकृतिलाई नियन्त्रण गर्नुपर्नेमा सम्पादकहरुको भनाई छ । सामाजिक सञ्जाललाई चुनौतीका रुपमा लिएर त्यसलाई अवसरका रुपमा ग्रहण गर्ने गरि सञ्चारगृहहरुले काम गर्नुपर्ने बताइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारितामाथि मानिसहरुको विश्वास कम भएकाले यसतर्फ सचेत हुनुपर्ने बताए ।


कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले स्वार्थका लागि पत्रकारिता गर्न नहुने बताए । पत्रकारिता र राजनीति विघटन जस्तै भएकाले पत्रकारिता भित्रका विसंगतीको भण्डाफोर गर्न आवश्यक रहेको उनको भनाइ छ ।पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष एंव सल्लाहकार शेरबहादुर केसीले पेशागत रुपमा नेपाली पत्रकारिता कमजोर बन्दै गएकाले समाजमा पत्रकारिताको विश्वासनीयता बढाउने गरी खोज पत्रकारिता आवश्यक रहेको बताए । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पेशागत मर्यादा पालना गरेर मात्र पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, प्रदेश सल्लाहकार भरत केसी, माधव नेपाल, रुपन्देही सल्लाहकार दिनेश पाण्डे, सम्पादकहरु भगवती पाण्डे, श्यामलाल पोखरेल, छवि पाण्डे, कपिल ज्ञवाली, डिवी सुस्ल्ङि, विष्णु पोखरेल लगायतले बोल्दै पत्रकारिताको मर्यादालाई कायम राखी विश्वासनीयता बढाउनु पर्नेमा जोड दिए । कार्यक्रम महासंघका अध्यक्ष रामराज पोखरलेको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्