लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इन्धनको मूल्य घट्यो

IMG

तिलोत्तमा २०७९ पौष २४ गते आईतबार। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु ३ घटाएको हो । अब पेट्रोल लिटरको रु १७५ तथा डिजेल र मट्टितेल लिटरको रु १७२ पर्नेछ ।यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।आन्तरिकतर्फ प्रतिलिटर रु २०  र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर रु ३० ) घटेको निगमले जनाएको छ ।नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।

कमेन्ट गर्नुहोस्