
तिलोत्तमा, पौष ४ गते २०७९। सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा ठुटिपिपलमा सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका वडा न १ का अध्यक्ष बेल बहादुर बराल मगरले संस्थले प्रगति गरेको छ कार्यक्षेत्र समेट्न सके अझै राम्रो हुने बताउनु भयो । सरकारी जग्गा भयो भने वडाले व्यवस्था गर्नको लागि पहल गर्न जोड दिने बताउनु भएको छ । ।
सल्लाहकार चुमकला बस्यालले महिलाले चलाएको सहकारीलाई दिगो र बचाई राख्नको लागि शुभकामना दिनु भएको थियो । नेपाल मगर महिला संघ निर्वतमान अध्यक्ष मन कुमारी थापाले सहकारीले भवन बनायो भने आर्थिक सहयोग गर्ने कुरा बताउनु भयो । त्यसै गरि लेखा परिक्षक चन्द्रकान्त भण्डारीले संस्थालाई जोगाउन कानुनी नीति विधीमा बढी ध्यान दिन जरुरी रहेको बताउनु भएको छ । पत्रकार सरु रानाले महिलालाई आर्थिक आयस्रोतमा जोडिन जरुरी रहेको बताउनु भएको छ ।
महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेले गाउँपालिका देखि सधै सहयोग गर्ने बताउनु भएको छ । ओमसतिया गाउँपालिका सहकारी बिभागका प्रमुख अमृता पाण्डेले सदस्य विस्तार गर्न जोड दिनु भएको छ ।एक व्यक्ति एक सहकारीलाई पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो । सहकारीलेअसल बचतकर्ता मोतिकला थापा ,असल ॠणि शोभा क्षेत्री र जेष्ठ सदस्य टीका रानालाई सम्मान गरेको छ ।
साधारण सभा नबिनता पोख्रेलको अध्यक्षता ,ओमसतिया गाउँपालिका वडा न १ का अध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यता , स्वागत संस्थाकी सह सचीव गंगा थापाले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव लक्ष्मी सुवेदी गर्नु भएको थियो । १ करोड कुल सम्पत्ति रहेको सहकारीमा हाल सदस्य संख्या २९५ जना रहेको छ भने ५ लाखको जगेडा कोष रहेको संस्थाकि अध्यक्ष नविनता पोख्रेलले जानकारी दिनु भएको हो ।
कमेन्ट गर्नुहोस्