लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सयुक्त एम्बुलेन्स चालकसंघमा नयाँ नेतृत्व

tillotmacitynews - 2022 Dec 14 09:52 PM
IMG

तिलोत्तमा, २८ मंसिर २०७९। सञ्चालित एम्बुलेन्स चालकहरुको साझा संस्था ‘संयुक्त एम्बुलेन्स चालक संघ’ रुपन्देहीको १४ औं साधारण सभा तथा नबौं अधिबेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । मन बहादुर गुरुङ्गको अध्यक्षतामा १३ सदस्य नया नेतृत्व गठन भएको छ । बरिष्ठ उपाध्यक्षमा घनश्याम कान्दु, उपाध्यक्ष्मा गजेन्द्र मसाङ्गीमगर, उपाध्यक्षमा लिला बहादुर कामु मगर, सचिवमा मनोज भण्डारी, सह– सचिव खगेश्वर न्यौपाने, कोषाध्यक्ष बासुदेब रेग्मी, सह–कोषध्यक्ष राजनबीर ताम्राकार चयनका छन ।


यस्तै सदस्यहरुमा सुरेन्द्र मौर्य, रेशम प्रसाद पान्डे,खेम घर्ती, अजय धबल, रबि गुरुङ्ग, प्रकाश कण्डेल, डिबी थापा चयन भएका हुन ।कार्यक्रममा बोल्दै केन्दीय अध्यक्ष नबराज लामीछानेले एम्बुलेन्स चालकहरु राज्यबाट उपेक्षामा पदैआएको भन्दै अत्यावश्यक साधन भनेर बर्गीकरणगरेपनि सोही अनुसारको सेवा सुविधा सरकारबाट नभएको बताए । प्रहरी प्रशासनले समेत विना प्रमाण चालकको लपारवाही भन्दै जबरजस्ती थुनामा राख्ने दोषी देखाएर जेल पठाउने सम्मका काम भैरहेको आरोपस मेत लगाए ।


केन्दीय उपाध्यक्ष ठाकुरप्रसाद सापकोटाले चालकहरु सभ्य र मर्यादिन हुन आवश्यक रहेको बताएका थिए । केन्द्रीय सल्लाकार दुर्गा प्रसाद बस्यालले आफ्नो पेशा प्रति प्रति जिम्मेवार भएरकाम गर्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्