लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाजरकोट जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

tillotmacitynews - 2022 Dec 13 12:48 PM
IMG

तिलोत्तमा, २०७९ मङ्सिर २७ गते ।जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको हो ।


ज्यान गुमाउनेमा चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, सहचालक भगवतीमाई– ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका रहेका छन् । जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको ज्यान गएको हो । छेडागाड–६ का वीरबहादुर खत्रीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।


छेडागाड नगरपालिका वडा नम्बर ५ मा हिजो दिउँसो कर्णाली प्रदेश ०२, ००१ च ४२९ नम्बरको जन्ती सवार जिप दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्