लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा यो वर्ष औषतभन्दा १५ प्रतिशत धानमा गिरावट

tillotmacitynews - 2022 Nov 22 11:33 PM
IMG

बिन्दु भट्टराई / २०७९ मङ्सिर ६ गते। तिलोत्तमा नगरपालिकामा यो वर्ष औषतभन्दा १५ प्रतिशत धानमा गिरावट आएको छ । मिलिबक किराको आक्रमण र लामो समय सम्म परेको खडेरीका कारण धानबालीमा समस्या भएको तिलोत्तमाका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउनुभयो । 


आइतबार विहान रेडियो लुम्विनीसंगको कुराकानीका क्रममा भुसालले सरकारले ढिलो गरेर धानको समर्थन मुल्य तोकेको कारण नगरपालिकाले पनि समयमा धानको मुल्य तोक्न नसकेको बताउनुभयो । सरकारको लापरबाहीका कारण किसानको नाममा बिचौलिया र व्यापारीले रजाइँ गर्दै आएका छन् । समयमै मूल्य निर्धारण नहुनु र मूल्य तोके पनि सरकारी निकायले खरिद नगरिदिँदा किसानको नाममा बिचौलिया र व्यापारीलाई फाइदा पुग्दै आएको छ  । सरकारले मूल्य निर्धारण गरेपछि त्यसको कार्यान्वयन गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी हो । उहांले त्यसैले पनि किसानले धान खलाबाटै बिक्रृ गर्ने गरेकोले कति धान उत्पादन भयो भन्ने यकिन गर्न नसकेको बताउनुभयो ।


भुसालले उत्पादनका आधारमा दिईने अनुदान किसानले जवसम्म पाउदैनन् तवसम्म किसानले उत्पादन गरेको लागतको अर्थ रहन नसक्ने बताउनुभयो । भुसालले मिसिनहरुको न्युन प्रयोग र विषय विज्ञहरुको कमिका कारण किसानले लागत गरे अनुसारको उत्पादन हुन नसकेको दावी गर्नुभएको हो । सरकारी रेटबारे अवाज उठाउँदा व्यापारीले मान्दैनन्,’ उनले भने, ‘भण्डारण गर्न सक्ने अवस्था हुँदैन । छिट्टै बिक्री गर्नुपर्दा व्यापारीलाई कम मूल्यमै दिनुपर्छ । धेरैजसो किसानको बाध्यता यही नै हो । सरकारले मूल्य तोके पनि व्यापारीका लागि मात्रै भएको भुसालको भनाई छ ।’


 सरकारले गत वर्ष भन्दा यो वर्ष मोटा धानको मुल्य २१५ रुपियां र २२६ रुपियां मध्यम धानको समर्थन मुल्य तोकेको छ । गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । सो आर्थिक वर्षमा किसानले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो । 


कमेन्ट गर्नुहोस्