लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राति १० बजे देखि मतगणना हुँदै

IMG

तिलोत्तमा सिटी न्युज, २०७९ मङ्सिर ४ गते। रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्तिम विवरण भने अझै आइसकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र एक घण्टाभित्रै अन्तिम विवरण आइसक्ने बताए ।मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेकाे जनाएको छ ।


रुपन्देहीका ५ निर्वाचन क्षेत्रको मतगणना ५ ठाउंमा हुंदै

पांच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको मत गणना ५ वटा निर्वाचन क्षेत्रमा अलग अलग हुने भएको छ । यसअघिका आम निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा हुंदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा,४ को मझगावा मावि मर्चवारमा र ५ को गैडहवा गाउपालिकाको नयां प्रशासनिक भवनमा हुने छ । अहिले मतपेटिकाहरु मतगणनास्थलमा पु¥याउने काम भइरहेको र आज रातिबाटै मत गणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुपन्देहीमा ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान छ ।

कमेन्ट गर्नुहोस्