लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘लुम्बिनी प्रदेशको राजधानी दाङबाट एकइन्च अन्त सर्दैन’: नेता शंकर पोखरेल

tillotmacitynews - 2022 Nov 14 06:34 PM
IMG

तिलोत्तमा, २०७९ कार्तिक २८ गते।नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताएका थिए । दाङमा आइतवार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने फर्काए ।


‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्‍याैँ, आन्दोलन पनि गर्‍याैँ ।कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हाे, अब सार्ने काम पनि चाँडै सकिन्छ’, पोखरेलले भने ।


महासचिव पाेखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गरे ।रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका पार्टी उपाध्यक्ष पौडेलले भने राजधानी सार्ने निर्णय चकले लेखेको डस्टरले मेटेझैँ मेटिने र एमालेले राजधानी बुटवल ल्याउने बताउँदै आएका छन् ।    

                                                 

कमेन्ट गर्नुहोस्