लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतसँगको सीमानाका चारदिन बन्द रहने

tillotmacitynews - 2022 Nov 14 06:15 PM
IMG

तिलोत्तमा, २०७९ कार्तिक २८ गते। जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्