लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको फर्साटिकरमा १८ वर्षीया शिल्पाले गरिन् आत्महत्या

IMG

तिलोत्तमा, २०७९ कार्तिक २३ गते। रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीले बुधबार आत्महत्या गरेकि छन् । प्युठान जिल्ला ऐरावती गाउपालिका वडा न.५ घर भइ हाल शुद्धोधन-४ फर्साटिकरमा कोठा भाडामा बस्दै आएकी १८ वर्षकि शिल्पा ज्ञवालीले कोठामा दिउँसो आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।


कोठामा तन्ना प्रयोग गरि पङ्खामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन। मृतक ज्ञवाली यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकायको प्रथम वर्षमा अध्ययनरत थिइन ।गत वर्ष फर्साटिकर माविको कक्षा १२ को नतिजामा उनी सर्वौउत्कृष्ट भएकि थिइन ।पढाइमा अब्बल विद्यार्थी उनी के कारणले आत्महत्या गरिन भन्ने अझै खुल्न सकेको छैन।

कमेन्ट गर्नुहोस्