लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्ता छन् , क्षेत्र नम्बर १ रुपन्देहीमा घनश्याम भुसालको योजना

IMG

तिलोत्तमा,२०७९ साल २३ कार्तिक।  सत्तागठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार तिलोत्तमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले ११५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।गठबन्धनका प्रदेशसभा सदस्य पदका उम्मेदवारहरू अब्दुल रज्जाक र विश्वनाथ यादव समेतको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै नेता भुसालले संसद विघटनको बिरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको र उक्त गठबन्धन चुनावी अभियानमा समेत कायम रहेको बताए ।


प्रतिबद्धता पत्रमा मूलुकको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था,भौतिक पूर्वाधार तथा सडक, विद्युत, संचार, नदि नियन्त्रण, औद्योगिक विकास, शान्ति सुरक्षा तथा प्राकृतिक स्रोत साधनको व्यवस्थापन बारे आफ्नो व्यक्त गरेका छन् ।जसमा देवदहलाई युनेस्कोमा दर्ता गर्ने, बौद्ध विश्वविद्यालय निर्णाण कार्य सम्पन्न गर्ने, स्थानीय तहलाई आवश्यक बजेट उपलब्ध गराउने र संघसंस्थाहरूलाई बलियो बनाउने लगायतका ११५ बुँदाहरू उल्लेख छन् ।


हेर्नुहोस प्रतिबद्धता-पत्र जस्ताको तस्तै

'संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गरौं

आदरणीय मतदाता महानुभावहरू,

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमार्फत हामी यस निर्वाचनमा सहभागी हुँदैछौं । राष्ट्रियता, बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता गठबन्धनका साझा वैचारिक धरातल र सहकार्यका आधार हुन् ।


गठबन्धनको उद्देश्य मुलुकको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई-दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको सबैलाई अवगतै छ ।


गठबन्धनका दलहरूको उद्देश्य र लक्ष्यप्रति नेपाली जनताको समर्थन र सहयोग रहहुँदै आएको छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै जनताको संघर्ष र बलिदानबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेज संविधानमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेकोछ । संविधान र समृद्धिका योजना माथि खतरा कायम रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।


संघ, प्रदेश र स्थानीय तहका अधिकारहरूको बाँडफाँट र त्यसको कार्यान्वयन संघीयताको मूलमर्म हो । उक्त मर्म अनुरुप विगत सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश र स्थानीय तहले अपेक्षा र क्षमता अनुसार काम गर्न पाएनन् विकासको आधारभूत तह प्रदेश र स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउन गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहनेछन् । रुपन्देहीका गठबन्धनमा आबद्ध सबै दलहरू केन्द्रीयस्तरमा भएको गठबन्धनको आधार र उद्देश्य अनुरुप क्रियाशील हुन प्रतिबद्ध छौं । रूपन्देही निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारी भएको छ । यस क्षेत्रमा गठबन्धनमा आबद्ध दलहरू गठबन्धनको उद्देश्यमा स्पष्ट रहदै जनताको इच्छा, भावना र मर्म अनुसार विकास निर्माण र सामाजिक साँस्कृतिक गतिविधिमा संलग्न र नेतृत्व गर्दै आएका छन् ।


क्षेत्र नं. १ को आवश्यकता मध्यनजर गर्दै कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना, शान्ति सुरक्षा, उत्पादन, व्यापार व्यवसाय, सामाजिक सुरक्षा निर्वाचन रुपन्देही क्षेत्र नं. १ को  प्रतिबद्धता पत्र ।


शिक्षा

१. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदह क्षेत्रमा सञ्चालन गरिने छ । साथै बौद्धकालीन अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

२. देवदह आदर्श बहुमुखी क्याम्पस र पशुपति कलेजमा स्नातकोत्तर तह सञ्चालन गरिनेछ। • राम नरेश आदर्श माध्यामिक विद्यालय परिसरमा स्नातक तहको क्याम्पस स्थापना र सञ्चालन गराइनेछ ।

३. क्षेत्रगत रुपमा प्रविधिक शिक्षा स्थापना र सञ्चालन गराइनेछ ।

४.  क्षेत्रभित्र रहेका विद्यालयहरूमा शैक्षिक गुणस्तर कायम गर्ने विद्यालयलाई ल्यायी लिि दिलाई आवश्यक पर्ने दरबन्दीको व्यवस्था गर्ने नीतिका लागि जोडदार पहल गरिनेछ ।

५. गुणस्तरीय शिक्षाका लागि प्रविधियुक्त शिक्षण सामाग्री तथा पुस्तकालयको निर्माण गराइनेछ।

६. दक्ष शैक्षिक जनशक्तिका लागि शैक्षिक तालिम र पुरस्कारको व्यवस्था गरिनेछ ।

७.  प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था र १२ कक्षासम्मको शिक्षा निःशुल्क गराउन पहल गरिनेछ ।

७.  शिक्षा क्षेत्र तथा परिसरहरू अपाङ्ग मैत्री बनाइनेछ ।

८. प्रत्येक वडाका माविमा कुनै एक प्राविधिक विषयमा शीप हासिल हुने कोर्स सञ्चालनका लागि विशेष जोड दिइनेछ ।


स्वास्थ्य

१. प्रत्येक पालिकामा अत्याधुनिक प्रविधि र स्तरीय सेवासहितको अस्पताल निर्माण गरिनेछ ।

२. प्रत्येक वार्डका स्वास्थ्य चौकी स्थापना गरी प्राविधिक जनशक्तिको व्यवस्था औषधि सेवा उपलब्ध गराइनेछ । र नियमित तिलोत्तमा १७ वि.पी. ग्राममा स्थापना भएको अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याइनेछ।

३. स्वास्थ्य बीमालाई सरल र सुलभ बनाइनेछ ।

४. आयुर्वेदिक अस्पताल स्थापना गरी प्राकृतिक चिकित्सा र योग शिक्षा सञ्चालन गरिनेछ ।


कृषि

१. उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइनेछ ।

२. प्रत्येक स्थानीय तहमा मलखाद, बीउ बिजन भण्डारण र वितरण केन्द्र स्थापना गरिनेछ ।

३. कृषि उपज संकलन केन्द्र र शीत भण्डारको यस क्षेत्रमा स्थापना गरिनेछ ।

४. भेटरिनरी अस्पताल स्थापना र सुलभ सेवा प्रदान गरिनेछ ।

५. साना सिचाई योजना र डिप ट्युवेललाई नियमित सञ्चालन गरिनेछ ।

६. घोडाहा बाँध, कजरार बाँध, रोहिणी बांधमा आधुनिक बाँध निर्माण गरी कुलो वा नहरसहित सतह सिचाईलाई उचित व्यवस्था मिलाइनेछ ।

७. रासायनिक मल र उन्नत बीउविजनको सहुलियतसहित सहज उपलब्ध गराइनेछ ।

८. रोहिणी बाँधले डुबान भई खेती गर्न नमिल्ने भएका स्थान तिलोत्तमा नगरपालिका-१२ मोहनाजोत भाठा र देवदह-३ मा पानी निकासका लागि पक्की नाला या कुलो बनाई पानी निकास गरिनेछ ।


खानेपानी तथा सरसफाइ

१. प्रत्येक नागरिकलाई स्वच्छ सफा खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ  ।

२. संचालनमा रहेका खानेपानी संस्थाको क्षमता वृद्धि गरिने  ।

३. सहलागानीमा संचालित खानेपानी संस्थाको निर्माण र संचालन समययमै संचालन गर्न जोड दिने  ।

४.  हरेक स्थानीय तहमा फोहोर मैला व्यवस्थापनको लागि प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ।

५.  सार्वजनिक स्थलहरूमा आवश्यकताको आधारमा सार्वजनिक शौचालय स्थापना गराइनेछ ।

६ पानीको मुहान संरक्षणका लागि प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरिनेछ ।


 पर्यटन

१. गौतम बुद्धको मावली क्षेत्र देवदहलाई नेपाल सरकार पुरातत्व विभागवाट उत्खनन् गराई अन्तर्राष्ट्रिय सम्पदामा समावेश गर्न पहल गरिनेछ  ।

२. १२ कुने कुवा र कुवरवती मन्दीरलाई बौद्ध परिपथमा समावेश गराई भवानीपुर, पाकड़ी वृक्ष बैरीमाइ, कन्यमाइ, खयरडाँडा, पुस्करणी दह, मायागढी जस्ता पुरातात्विक स्थानहरूको संरक्षण तथा सम्बर्धन गरिनेछ र पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ ।

३. रोहिणी बाँधलाई व्यवस्थित गरी जनमार्गको व्यवस्था मिलाई मन्दिर सहितको पर्यटकीय स्थलको रुपमा विकास गराइनेछ। 

४. ऐतिहासिक मठ मन्दिर तथा विभिन्न धार्मिक एवं जातीय सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बर्धन गरी पर्यटन विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ  ।

५. जातीय तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सांस्कृतिक संग्रहालयको स्थापना र आय आर्जनको लागि होमस्टे सञ्चालन गरिनेछ ।

६. क्षेत्रभित्र रहेका पार्कहरूको स्तरोन्नति तथा नयाँ पार्कहरूको निर्माण गरिनेछ ।

७.  पटखौलीको ओमसतियामाइ, सिलौटियामाइ र छिपागढको बगैचाकुटीको रामजानकी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।


भूमि व्यवस्था

१. राष्ट्रिय भूमि आयोगबाट सम्पन्न भएका कामहरूको लालपुर्जा वितरण गरिनेछ । बाँकी कामलाई अविलम्ब सञ्चालनमा ल्याइने छ ।

२. लाल पुर्जा वितरणका लागि तोकिएको राजस्वलाई पुनर्मूल्याकन गरी शुल्क घटाइनेछ ।

३. पुर्जा भएका जग्गाको पुनः नापी गर्नका लागि व्यवस्था मिलाइनेछ

४. पुनरवासको जमिन लालपुर्जा वितरणका लागि पहल गरिनेछ ।


युवा स्वरोजगार तथा खेलकुद

१. युवा लक्षित सीप तथा उद्यमशीलता विकास गर्न आधुनिक यन्त्र, उपकरण सञ्चालन तथा मर्मतसम्बन्धी तालिमहरूलाई प्राथमिकता दिइनेछ ।

२. रोजगार सूचना केन्द्रको निर्माण गरिनेछ

३. पालिका स्तरीय खेल मैदानहरूको निर्माण गरिनेछ ।

४.  विगतमा घोषित रंगशालाहरूको निर्माण सम्पन्न गरिनेछ ।

५. लागुऔषध तथा दुर्व्यसनीहरूका लागि सुधार गृहको निर्माण गरी स्वरोजगार तालिमको आवश्यक प्रबन्ध गरिनेछ ।


भौतिक पूर्वाधार तथा सडक

१. अमुवा भन्सार धकधई-खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नालासहित सडक स्तरवृद्धिको कार्य सम्पन गरिनेछ

२. मंगलापुर कान्छी बजार गुम्मी शंकरपुर-बेतानी हुँदै परासी जोड्ने सडक नानासहित गरिनेछ ।

३.  बसन्तपुर हाटी फर्साटिकर कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गरिनेछ ।

४. बरेवा भन्सार कोटहवा सेमरहवा जमूहानी ६ न. चोक देवी स्थान हुँदै देवदह नगरपालिकाबाट बैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गरिनेछ ।

५. भलुही बाघ कुमार- विशालनगर बंगाली पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गरिने छ ।

६. गणेश नगर प्रदीपनगर- शिवपुर- विष्णुपुरा-बरवलिया-पपरहिया-अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्नेछ ।

७. तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिइनेछ ।

८. देवदह-ओमसितया, रोहिणी तिलोत्तमा समेटेर बृहत चक्रपथ निर्माण गरिनेछ ।

९. शितलनगर शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

१०. शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

११. देवदह मा.वि. हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ

१२. भलुही-केउली-सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

१३. बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

१४. ठुती पिपल वरकुलाहा करवानी कानपारा हुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गरिनेछ

१५. भलवारी- रामनगर- हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

१६. गणेशनगर - शिवपुर-बुधबारे मक्रहर-वेवरा जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

१७. चौकीडाँडा-बर्मेली टोल-तुकतुकिया मोहनाजोत- ९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गरिनेछ

१८. नौ नम्बर  बजार - वसन्तपुर - सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

१९. मृगौली-पिपलडाँडा-तुकतुकिया मैनहवा बेवरा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

२०.कोटिहवा-पर्सहवा-पिपरहिया- गंगोलिया-बरौलिया सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

२१. बैकण्ठपुर खुरहरिया भटपुरवा सडक नालासहित स्तरवृद्धि गरिनेछ।

२२. अमुवा -टिकर-बुधबारे बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।

२३. प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरुलाई समावेस गरिनेछ


 विद्युत

१. देवदह सवस्टेशनको स्तरोन्नति गरिनेछ ।

२. नयाँ बस्तिहरूमा विद्युतिकरण गरिनेछ

३.  आवश्यक ठाउँमा तार र ट्रान्सफर्मरको व्यवस्था गरिनेछ ।

४. ट्रान्सफर्मरहरूको स्तरोन्नति गरिनेछ

५. बजार क्षेत्र र आवश्यक ठाउँमा सडक बत्ति जडान गरिनेछ ।

६.  सिचाँइको लागि आवश्यक विद्युत न्यूनतम शुल्कमा तुरुन्त व्यवस्था गरिनेछ ।

७.  यस क्षेत्रलाई पूर्ण विद्युतिकरण क्षेत्र घोषणा गरिनेछ । 


सञ्चार

१. टेलिकम सेवाहरूको विस्तार गरिनेछ ।

२. आवश्यक स्थानमा मोबाइल नेटवर्कका लागि टावरहरू जडान गरिनेछ ।

 

पुल तथा कलर्भट

१. केरवानी उखुवारी निर्माणाधीन पुल निर्माण सम्पन्न गरिनेछ ।

२. ओम सतिया ३ र ५ जोड्ने गौरीघाटमा पुल निर्माण गरिनेछ ।

३. बौद्ध विश्वविद्यालय निर्माण स्थलदेखि घोडाहा आराम टोल जोड्ने घोडाहा खोलामा पुल निर्माण गरिनेछ

४. मुखिया टोल भवानीपुर जोड्ने खोलामा पुल निर्माण गरिनेछ।

५. बंगाली साठीवारी जोड्ने बंगाली खोलामा पुल निर्माण गरिनेछ ।

६. समैया मन्दिर टटेरा जोड्ने रोहिणी पुल निर्माण गरिनेछ।

७. प्रगतिनगर तिलोत्तमा नगरपालिका १२ बसन्तपुर फुलवारी जोड्ने रोहिणी पुल निर्माण गरिनेछ

८. रोहिणी १ र २ वडा जोड्ने रोहिणी नदीमा पुल निर्माण गरिनेछ ।


नदी नियन्त्रण तथा तटबन्ध

१. बहुवर्षीय योजना अनुरूप नदी कटान रोक्न एकीकृत कार्ययोजना डिपिआर तयार गरी

२. निम्नस्थानहरूमा तटबन्धन गर्ने कार्य अगाडि बढाइनेछ ।

सुखौरा बोला प्रभावित क्षेत्र

भलुही खोला प्रभावित क्षेत्र

बंगाली खोला प्रभावित क्षेत्र

त्रिशुली खोला प्रभावित क्षेत्र

माहो खोला प्रभावित क्षेत्र

रोहिणी खोला प्रभावित क्षेत्र

घोडाहा खोला प्रभावित क्षेत्र

कजरार खोला प्रभावित क्षेत्र

खहरे खोला (चरहे। प्रभावित क्षेत्र

डण्डा खोला प्रभावित क्षेत्र ।

औद्योगिक तथा व्यवसायिक पूर्वाधार


१. औद्योगिक क्षेत्र निर्माण गरिनेछ ।

२. देवदह मण्डप प्रदर्शनी स्थल निर्माण गरिनेछ ।

३. अमवा छोटी भन्सार र बुची बरेवा छोटी भन्सारलाई स्तरवृद्धि गरी र व्यवस्थित गरिनेछ।

४. औद्योगिक ग्रामको रुपमा आवश्यक ठाउँमा स्विकृति प्रदान गरिनेछ

५. मासुजन्य व्यवसायलाई व्यवस्थित गराउन बधशालाको निर्माण गरिनेछ ।

६. क्षेत्रभित्र रहेका हाट बजारहरूलाई व्यवस्थित गराउन स्थायी संरचना पार्किङ स्थल आदिको व्यवस्था गरिनेछ ।


शान्ति सुरक्षा

तिलोत्तमा नगरपालिका १७ बरवलियामा रहेको रामस्य र रोहिणी र बैरेनीमा रहेका प्रहरी चौकीलाई दरबन्दी सहित इलाका प्रहरी कार्यालय बनाइनेछ।

प्रहरी चौकीहरूलाई भौतिक पूर्वाधार तयार गरी दरबन्दीको व्यवस्था गरिनेछ

मंगलापुर र धकधई इलाका प्रहरी कार्यालयलाई थप व्यवस्थित गरिनेछ।

अस्थायी प्रहरी चौकीहरूलाई स्थायी गराइने

आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापना गरिनेछ

एक पालिका एक इलाका प्रहरी कार्यालय स्थापनाको नीतिगत व्यवस्थाको लागि आवश्यक कानून बनाउन पहल गरिनेछ ।

 


प्राकृतिक स्रोत साधन

देवदह साझेदारी वन र अन्य सामुदायिक वनलाई व्यवस्थित गराई वन पैदावार उपभोक्तालाई सर्वसुलभ रुपमा उपलब्ध गराइनेछ ।

सामुदायिक वनलाई व्यवस्थित गर्न तथा हरियाली प्रवर्धन गर्न पूर्वाधार विकास हरियाली पार्क, मनोरञ्जन स्थलको रुपमा विकास गरिनेछ ।

नदिजन्य उत्पादन, गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट निकासीका लागि मापदण्ड तयार गरी स्थानीय उपभोक्तालाई प्राथमिकतामा राखी वितरण प्रणालीलाई व्यवस्थित गर्न यप पारदर्शी बनाउन आवश्यक पहल गरिनेछ ।

नदीद्वारा हुने भू-क्षपलाई कम गर्न सामुदायिक वन र संघसंस्था मार्फत बृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।

 

विविध

फरक क्षमता भएका समूह तथा व्यक्तिहरूलाई जिविकोपार्जन गर्न सहज हुने गरी विविध सीपमूलक र क्षमता वृद्धि सम्बन्धी तालिम दिलाई स्वरोजगार बनाइनेछ । फरक क्षमता भएकाहरूका लागि सुलभ पहुँचका लागि सबै कार्यालय र संघ संस्थाहरूलाई अपाङ्गमैत्री बनाइने छ ।

सामुदायिक भवन, जेष्ठ नागरिक मिलन केन्द्रहरूलाई व्यवस्थित गरिनेछ । आवश्यक ठाउँमा थप गरिनेछ ।

स्थापना भएका गौ-संरक्षण केन्द्रहरूमा भौतिक पूर्वाधार विकास गरी सञ्चालनमा ल्याउन आवश्यक सहयोग गरिनेछ ।

विभिन्न संघ संस्था जातीय पहिचान तथा आमा समूह, युवा क्लवहरूबाट निर्माण गरिएका भवनहरूको भौतिक पूर्वाधारलाई थप व्यवस्थित गरिनेछ ।

आदिवासी, मधेशी, जनजाति, महिला, उत्पीडित, दलित, अल्पसंख्यक समुदायको आय आर्जन र स्वरोजगारका लागि व्यवसायिक सिपमूलक तालिमहरु सञ्चालन गरी स्वरोजगार गराइनेछ।

क्षेत्र नं. १ मा रहेको स्थानीय पालिकाहरूको भौतिक पूर्वाधारलाई व्यवस्थित गराइनेछ ।

सहकारीको माध्यमबाट आयआर्जनमा जोदन आवश्यक पहल गरिनेछ ।

भलवारीमा रहेको आयल निगमको डिपो खरीद गरेको आफ्‌नो जमिनमा सार्न पहल गरिनेछ

स्थानीय तालतलैया तथा नदीका किनारमा सञ्चालन हुने विभिन्न समुदायका सांस्कृतिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिनेछ।


माथि उल्लेखित तथा परिवाउने समस्याहरूको समाधानार्थ गरिने कामहरुलाई योजनाबद्ध र व्यवस्थित रुपमा सम्पन्न गर्न लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जीत आवश्यक छ ।


त्यसैले आगामी निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार घनश्याम भूसाललाई त्रिभुज चिन्हमा, प्रदेश सभा क्षेत्र नं १ (क) का उम्मेदवार विश्वनाथ यादव र प्रदेश सभा क्षेत्र नं. १ (ख) का उम्मेदवार अब्दुल रज्जाकलाई रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन हार्दिक अनुरोध गर्दछौं । 


घनश्याम भूसाल उम्मेदवार, प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १, रुपन्देही


विश्वनाथ यादव उम्मेदवार, प्रदेश सभा क्षेत्र नं. १ (क), रुपन्देही


अब्दुल रज्जाक उम्मेदवार, प्रदेश सभा क्षेत्र नं. १ (ख), रुपन्देही 


- निर्वाचन प्रचार प्रसार एवं परिचालन मूल समिति, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ रूपन्देही

कमेन्ट गर्नुहोस्