लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहिन युवा संघको मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न

tillotmacitynews - 2022 Nov 06 12:22 AM
IMG

तिलोत्तमा,२०७९ साल १९ कार्तिक। नेत्रहिन युवा संघ रुपन्देहीले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।सृजनशील अपाङ्ग केन्द्र र दम्कडा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार सृजनशील अपाङ्ग  केन्द्रमा ४० जना अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा र दम्कडा माध्यमिक विद्यालयमा ६० जना अपाङ्गता भएका र नभएका मतदातालाई राखेर मतदाता शिक्षा सम्बन्धी सडक नाटक प्रदशन गर्दै बिधालयका विद्याथीहरुका विचमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको थियो । 


नमुना मतदान कार्यक्रम समन्वय गर्नु हुने दम्कडा माध्यमिक  विद्यालयका शिक्षक किशोर आचार्य भन्नुहुन्छ ,यस्ता खालका अभ्यासले विद्यार्थीहरुको सिकाइ अभिवृद्धि हुने र निर्वाचन प्रक्रियाका बारे समाजमा चेतना बढ्ने हुन्छ ।पहुचँयुक्त निर्वाचन प्रणालीका प्रमोटर सुस्मा हुमागाइले नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचनका लागि रुपन्देहीबाट बाहिर निस्केर ग्रामिण क्षेत्रमा मतदाता शिक्षा नमुना मतदान अभ्यास गराउने कार्य यश अघि अघि पनि रुपन्देही जिल्लामा सन्चालन गरेको बताउनुभयो ।


नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचन परियोजना अन्तर्गत जिल्ला निर्बाचन कार्यालय.राजनैतिक दल समक्ष अपाङ्गता भएका ब्यक्तीहरुको राजनैतिक सहभागीको सवालमा ध्यानाकर्षण गराउने ,आयोगको सहयोगमा घरधुरी मतदाता शिक्षा कार्यक्रम गर्ने र २०७९ मंसिर ४ मा हुने निर्बाचनमा मतदान केन्द्र अपाङ्गता मैत्री भए नभएको पर्यवेक्षण समेत गर्ने बारे परियोजना प्रमुख लक्ष्मी पान्डे ले बताउनु भएको थियो।

कमेन्ट गर्नुहोस्