लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्लबबाट निस्केको कारले ठक्कर दिँदा बुटवलमा ६ जना घाइते

tillotmacitynews - 2022 Oct 30 01:39 PM
IMG

तिलोत्तमा सिटी न्युज, कार्तिक १३ गते २०७९। शुक्रबार राति निखिल यादवले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको घाइते पिडितहरुको भनाइ छ । कार पछाडि ब्याक गरेर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् । कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।


यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुप¥यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खाजेको छ’, सुजलले भने ।यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।

कमेन्ट गर्नुहोस्