लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही ५ मा ५ हजार ५ सय ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

tillotmacitynews - 2022 Oct 22 09:06 PM
IMG

तिलोत्तमा, २०७९ साल ५ कार्तिक। बाम - लोकतान्त्रिक गठबन्धन रुपन्देही  ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ  । ५दलिय गठबन्धनको निर्वाचन परिचालन समिति अध्यक्ष वसिउल्लाह मुसलमानको अध्यक्षता,प्रतिनिधि सभा साम्सदको उम्मेदवार भरतकुमार शाहको प्रमुख आतिथ्यता,पुर्ब बनमन्त्री मोहम्मद वकिल मुसलमान,प्रदेशसभा ५(१)का उम्मेदवार बिनोद पहाडी,५(२)का उम्मेदवार फकुरुद्दिन खानको बिशिस्ट आतिथ्यतामा  सनिवार भएको कार्यक्रममा ५ नम्बर निर्वाचन क्षेत्र इन्चार्ज क.हिरा बहादुर रोका(अमर )ले स्वागत गरेका थिए । 


कार्यक्रममा माओवादी केन्द्रका सैनामैना अध्यक्ष मान बहादुर महतले पालिकाहरुको चुनावी अवस्था,भाबी रणनीतिको बारेमा जानकारी मुलुक रिपोर्टिङ गरेका थिए ।भेलाले मोहम्मद वकिल मुसलमान सम्योजक,बिष्णु पोख्रेल सह सम्योजक रहने गरी ५ हजार ५ सय ५५ सदस्यीय  निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्