थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल रुपन्देहीको भेला सम्पन्न "धनकुमारी थारुको संयोजकत्वमा ५९ सदस्यीय कमिटी गठन "
तिलोत्तमा, २०७९ साल ५ कार्तिक। थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल रुपन्देहीको भेला बुटवलमा सम्पन्न भएको छ । भेलामा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकि कुल्लाह खाँले सरकार माओवादीकै एजेन्डामा चलेको र माओवादी मात्र एक त्यस्तो पार्टी हो जसले सर्वहारा, गरिब, दलित, जनजाति, मुस्लिम, मधेसी लगायतको व्यवस्था गर्ने र अवस्था फेरेको बताए । उनले अब आर्थिक लडाई शुरु गर्न जरुरी रहेको बताए । त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसीले सबैलाई हेरियो अबको पालो माओवादीको हो । त्यसैले अब जनताको घर दैलोमा सहि एजेन्डा लिएर जान जरुरी रहेको बताए । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष सुकई थारुले अब थारुहरुले राजनीति उत्पीडन, आर्थिक उत्पीडन र धार्मिक उत्पीडनको अन्त्य गरि अगाडी बढ्नु पर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्र जिल्ला संयोजक नारायण जिसि (निर्मल), आदिवासी जनजाति मोर्चा नेपाल रुपन्देहीका सह- इन्चार्ज मनोज राना, मोर्चा फ्याक्सन इन्चार्ज रुपन्देहीका धन बहादुर गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य शिव चापागाई लगायतले बोलेका थिए ।भेलाले धनकुमारी थारुको संयोजकत्वमा ५९ सदस्यीय कमिटी गठन गरेको छ । जसको सह संयोजकमा विरेन्द्र थारु, सचिवमा कृष्ण थारु, कोषाध्यक्षमा विजया थारु, सदस्यहरूमा सन्तोष थारु, चन्द्र थारु लगायतको कमिटी गठन भएको फ्याकसन इन्चार्ज धन बहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रम मोर्चाको संयोजक धन कुमारी थारुको अध्यक्षता नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकि कुल्लाह खा को प्रमुख आतिथ्यता, मोर्चाका सह- संयोजक विरेन्द्र थारुको स्वागत र मोर्चाको सचिव शिव थारुको संचालनमा भेला सम्पन्न भएको थियो । थारु मुक्ति मोर्चा नेपालको संयोजक धन कुमारी थारु समानुपातिक प्रदेश सदस्यमा सिफारिस हुनु भएको जिल्ला संयोजक निर्मल जिसिले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्