लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु

tillotmacitynews - 2022 Oct 21 09:19 AM
IMG

तिलोत्तमा,२०७९ कार्तिक ४ गते। भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको छ । धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनी भीरबाट करिब ८० मिटर तल खसेका थिए ।


उनलाई बुधबार दिउँसो करिब ४ बजेतिर भत्ता बुझेपछि उनी घर फर्किएका थिए । भीरबाट लडेको अवस्थामा गएराति स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्