
तिलोत्तमा,२०७९ कार्तिक १ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारूढ गठबन्धन भएको दाबी गर्दै उहाँले विजयी गराउनुपर्ने बताउनुभयो।सत्तारूढ गठबन्धनले आज मङ्गलवार ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आउँदो चुनावलाई सामान्यरूपमा लिन नहुने बताउनुभयो । चुनावमा प्रष्टरूपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उहाँले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।’अध्यक्ष प्रचण्डले सत्तारूढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको चुनाव चिह्नमा मतदान गर्न पनि आग्रह गर्नुभयो । चुनावपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने उहाँको जिकिर थियो ।
कमेन्ट गर्नुहोस्