लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुनावको मुखमै बढ्यो पेट्रोलियम पदार्थको भारी मूल्य

IMG

तिलोत्तमा,२०७९ असोज ३० गते। पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार बढाएर सूची पठाएको हो । नेपाल आयल निगमका अनुसार  डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ ।निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो । निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको पनि जानकारी दिएको छ । 

कमेन्ट गर्नुहोस्