लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मी : ७२ वर्षमा नागरिकता, ८० वर्षमा राहदानी

tillotmacitynews - 2022 Oct 16 09:19 PM
IMG

तिलोत्तमा,२०७९ असोज ३० गते। गुल्मीमा आज आइतवार एकै दिन दुई वृद्धले नागरिकता र राहदानी बनाउनुभएकाे छ । मदाने गाउँपालिका १ का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनुभएको हो ।नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्‍याउनुभएकाे हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयाे । 


नागरिकता हात पारेपछि बोहोराले खुसी हुँदै वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभयाे । उहाँले आजसम्म काम नपरेको हुँदा नागरिकता नबनाएको भन्दै बुढेसकालमा सामाजिक सुरक्षा भत्ता खानका लागि नागरिकता बनाउन आएको प्रतिक्रिया दिनुभयो ।त्यसैगरी ८० वर्षका अर्यालले पनि आजै जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि फाराम भर्नुभएको छ । उहाँले बुढेसकालमा भए पनि अस्ट्रेलियामा रहेकी नातिनीले घुम्न बोलाएको हुँदा श्रीमतीसहित विदेश जानका लागि राहदानी बनाउन आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्