
तिलोत्तमा सिटी , २०७९असोज २२। लियो जिल्ला परिषद ३२५ पि नेपाल का अध्यक्ष लिलामणि न्यौपाने (MD)ले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनी सोही क्षेत्रका मतदाता समेत हुन् । स्रोतका अनुसार सो क्षेत्र क्षेत्रको विकास गर्ने उत्कृष्ट योजनाका साथ कुनै पनि दल तथा स्वतन्त्रबाट क्षमतावान उम्मेदवारी नआएपछि न्यौपानेको उम्मेदवारी क्षेत्र नं. १ मा स्वतन्त्र रुपमा पर्ने सम्भावना बढेको हो । उहाँलाई बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र समाजसेवी व्यक्तिबाट उम्मेदवार बन्नको लागि सुझावहरु आइरहेको कुरा पनि उहाँको सचिवालयका अरुण बस्यालले जानकारी दिनुभएको छ।
लियो क्लबमा रहेर विभिन्न सामाजिक सेवा गर्दै आएका न्यौपानेले रुपन्देहीको क्षेत्र नम्बर १ ले ओगटेका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, ओमासतिया गाउँपालिका र रोहिणीको क्षेत्रलाई सविस्तार हुने गरि बिकसाको खाका आफुसंग भएको बताएका छन्। आफैमा एक सफल ब्यबसायी समेत रहेका न्यौपानेले नेपालको युवाहरुको प्रतिभा प्रस्फुटन र व्यवसायमा समेत सहयोग पुग्ने र नयाँ नयाँ आइडियाहरुको उजागर गर्ने लियो क्लबको एक कार्यकाल अध्यक्ष रहेर बिताएका छन्।
प्रतिनिधि सभा मार्फत जिताएर पठाएकाहरुले बिकासको काममा समेत राजनीति गरे त्यसको फलस्वरूप मंगलापुर कान्छीबजार सडक पनि बेलामा बिस्तार हुन नसकेको बताउदै अब जनताले मत को कदर गरी बिकास बिरोधीहरुलाई पाखा लगाउनुपर्ने बताए। उनले आफ्नो पहिलो एजेण्डा शिक्षा स्वास्थ्य र सडक आवतजावत मा सहजता ल्याउनु भएको बताएका छन्। युवा रोजगारीको बिशेष कडी आफुसंग रहेको बताउदै हालको समस्या रहेको बेरोजगारी निर्मुल पार्ने आफ्नो लक्ष्य रहेको बताए।
धेरै पटक धेरैलाई हेरियो तर एकपटक युवालाई हेरौ न भन्दै न्यौपानेले अबको देश बिकासको आधार युवा नै भएको जिकिर गरे। सो निर्बाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट छबिलाल बिश्वकर्मा फाइनल बहेका छन् भने , गठबन्धनबाट नेकपा माओबादीको पोल्टामा सो क्षेत्र परेको छ। जहाँ माओबादीको तर्फ बाट पुर्व सभामुख ओनसरी घर्ति मगर या हकी कुल्लः खाँ भन्ने अझै टुंगो लागेको छैन। एमालेका तर्फबाट छबिलाल बिश्वकर्मा २०७४ सालको प्रतिनिधि सभा मा बिजयी पात्र हुन्।
कमेन्ट गर्नुहोस्