लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जीपले ठक्कर दिँदा श्रीमानकाे ज्यान गयाे, श्रीमती घाइते

tillotmacitynews - 2022 Oct 06 09:26 AM
IMG

तिलोत्तमा सिटी , २०७९असोज २०।  चितवनमा जीपकाे ठक्करबाट श्रीमानकाे ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिन जाँदै गरेको बा १५ च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढ आउँदै गरेको बाग्मती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज बुधवार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाउँपालिका–५ का ४८ वर्षीय मित्रलाल पङ्गेनीको ज्यान गएकाे हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कमेन्ट गर्नुहोस्