
तिलोत्तमा सिटी , २०७९असोज ११। रुपन्देहीमा अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भन्दा १ लाख १६ हजार ३५० मतदात बढेका छन् । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा रुपन्देहीमा ५ लाख २२ हजार ६०२ मतदाता रहेका थिए । अहिले रुपन्देहीमा मतदाता संख्या बढेर ६ लाख ३८ हजार ९५२ पुगेको छ । जसमध्ये ३ लाख २७ हजार ४३३ पुरुष, ३ लाख ११ हजार ५११ महिला र ८ जना अन्य मतदाता रहेका छन् ।
बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन यता मात्रै जिल्लामा ६ हजार ५९२ मतदाता बढेका छन् । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा कुल मतदाताको संख्या ६ लाख ३२ हजार ३६० रहेका थिए । रुपन्देहीमा प्रतिनिधिसभामा ५ वटा क्षेत्र र प्रदेशसभामा १० वटा क्षेत्र रहेका छन् । जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये सबै भन्दा धेरै मतदाता रुपन्देही १ मा रहेका छन् भने सबै भन्दा कम रुपन्देही ४ मा रहेका छन् ।रुपन्देही क्षेत्र नम्बर १ मा गत निर्वाचनमा भन्दा अहिले २७ हजार ४३० मतदाता बढेका छन् । २०७४ सालको निर्वाचनमा १ लाख १२ हजार १३० मतदाता रहेकोमा अहिले बढेर मतदाताको संख्या १ लाख ३९ हजार ५६० पुगेको छ । प्रदेशसभा तर्फ रुपन्देही १(क)मा ७२ हजार २११ र (ख) मा ६७ हजार ३४९ मतदाता रहेका छन् ।
रुपन्देही २ मा २१ हजार ६०१ मतदाता बढेका छन् । यो निर्वाचनमा क्षेत्रमा गत निर्वाचनमा १ लाख ५ हजार २०६ मतदाता रहेकोमा अहिले बढेर १ लाख २६ हजार ८०७ पुगेका छन् । प्रदेशसभातर्फ (क) मा ६३ हजार३०४ र (ख) मा ६३ हजार ३०४ मतदाता रहेको छन् ।रुपन्देही ३ मा गत निर्वाचनमा भन्दा अहिले २३ हजार ५१३ मतदाता बढेका छन् । यो निर्वाचन क्षेत्रमा गत निर्वाचनमा १ लाख ९ हजार २७८ मतदाता रहेका थिए । अहिले मतदाता बढेर १ लाख ३२ हजार ७९१ पुगेको छ । प्रदेसभातर्फ (क)मा ६५ हजार ५१३ र (ख) मा ६७ हजार २७८ मतदाता छन् ।
रुपन्देही ४ मा २० हजार ८२४ मतदाता थप भएका छन् ।२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ८९ हजार ८३५ मतदाता थिए भने अहिले बढेर १ लाख १० हजार ६५९ पुगेको छ । प्रदेशसभातर्फ (क)मा ५३ हजार ३८९ र (ख) मा ५७ हजार २७० मतदाता छन् ।रुपन्देही ५ मा २२ हजार ९८२ मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा १ लाख ६ हजार १५३ मतदाता रहेकोमा अहिले बढेर १ लाख २९ हजार १३५ पुगेको छ । प्रदेशसभातर्फ (क)मा ७४ हजार ६५९ र (ख)मा ५४ हजार ४७६ मतदाता छन् ।
७०२ मतदान केन्द्र
रुपन्देहीमा १०४ मतदान केन्द्र थपिएका छन् । गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीमा ५९८ मतदान केन्द्र र २०८ मतदान स्थल रहेका थिए । अहिले मतदान केन्द्रको संख्या बढेर ७०२ पुगेको छ ।मतदान स्थल भने अहिले पनि २०८ नै रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा ७०० मतदान केन्द्र रहेका थिए । अहिले अस्थायी मतदाता नामावली संकलनको काम भइरहेकाले केही मतदान केन्द्र थप हुन सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले ग्लोबल आवाजलाई जानकारी दिए ।‘अहिले हामी अस्थायी मतदाताको नामावली संकलन गरिरहेका छौँ । अस्थायी मतदाताको संख्या के कति छ त्यो सबै संकलनको काम सके पछि केही मतदान केन्द्र थप पनि हुन सक्छन् ।’–उनले भने ।
कमेन्ट गर्नुहोस्