लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अछाममा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु

tillotmacitynews - 2022 Sep 17 02:47 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज १।अछामको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको अविरल बर्षाका कारण आएको पहिरोमा घर पुरिएर ७ जनाको मृत्यु भएको हो।कमलबजार नगरपालिकाका- ६ मा ४ जना, तुर्माखाँद गाउँपालिकामा-५ मा २ जना र ढकारी गाउँपालिकामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


लगातार पानी परिरहेकाले विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बिजुली बत्ती र सञ्चार विच्छेद भएको र उद्धार कार्यमा कठिनाई भइरहेको डीएसपि नारायण डाँगीले बताए। खोजी तथा उद्धारका कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने उनले बताए। 

कमेन्ट गर्नुहोस्