लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

tillotmacitynews - 2022 Sep 09 08:49 AM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ २४ गते २०७९। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो ।उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ ।


अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्