लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बर्दघाटका टिकाराम ३९ लाख नगदसहित पक्राउ

tillotmacitynews - 2022 Sep 04 04:32 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १९ गते २०७९।नागढुङ्गास्थित चेक प्वाइन्टमा श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका-६ का २२ वर्षीय टीकाराम भट्टराई रहेका छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 


चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्यूटीमा खटिएको प्रहरीको टोलीले सवारी  चेकजाँच गर्ने क्रममा धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा सवार भट्टराईले ल्याएको कम्ब्याट झोलाभित्र ३९ लाख ५० हजार पाँच रुपियाँ फेला पारी प्रहरीले पक्राउ गरेको हो।


उनको साथबाट प्रहरीले मोबाइल एक थान, हरियो रङको आर्मी कम्ब्याट झोला एक थान फेला परेको छ। उक्त सामानसहित भट्टराईमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। 

कमेन्ट गर्नुहोस्