लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीजको उल्लासमा चट्याङले दुई किशोरीको मृत्युपछि गाउँ डुब्यो शोकमा

tillotmacitynews - 2022 Aug 31 07:16 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १५ गते २०७९। तीजको उल्लासमा चट्याङले दुई किशोरीको मृत्यु भएपछि घोराहीको एक गाउँ शोकमा डुबेको छ ।घोराही उपमहानगरपालिका वडा नं. १२ गुँरौं गाउँका १६ बर्षीया दीपा घर्ती र १९ बर्षीया मनिसा शाहको चट्याङ परेर घटनास्थलमै मृत्यु भएपछि गाउँ शोककमा डुबेको वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षत्रीले बताए ।दिनभर गाउँकै स्थानीय एक डाँडोमा गाउँ घरका महिला दिदी बहिनी भेला भइ नाचगान गरी बेलुका साढे ६ बजेतिर पूजा आरधनाका लागि घर तर्फ फर्किने क्रममा बाटोमा उनीहरुमाथि चट्याङ परेको थियो ।पूजा आरधनाका लागि फर्कदै गर्दा बाटोमा हिडिरहेको समयमा स्थानीय कुलबीर बुढाको घर नजिकै उनीहरु माथि चट्याङ परेको थियो । जसका कारण अन्य नौं जना महिला दिदी बहिनीपनि बेहोस भएका थिए ।


ती मध्य घाइते थप चार जनालाई डोकेमा बोकेर घोराही बजारस्थित अस्पताल ल्याउन थालिएको छ ।जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार घटनाका चार जना मध्यम खाले घाइतेहरु मध्य १५ बर्षीया निरुता शाह, २० बर्षीया जयन्ती घर्ती, १६ बर्षीया यमसरी थापा र ३८ बर्षीया यमकुमारी शाहलाई डोकोमा राखी मानिसले बोकेर उपचारका घोराही बजार तर्फ ल्याउन थालेको डिएसपी गौतमले बताए ।प्रहरीका अनुसार उनीहरु चार जना सबै बोल्ने सक्ने अवस्थाका छन् । ती बाहेक अन्य पाँच जनाको अवस्था सामान्ने रहेको छ ।सुरुमा प्रहरीले थप १२ जना घाइते रहेको बताएको थियो । पछिल्लो समय नौं जना मात्रै घाइते रहेको जानकारी प्रहरीले दिएको छ ।घटनास्थल दाङ र रोल्पाको सीमाना क्षेत्र पहाडी क्षेत्र हो । गुरौं गाउँमा पुग्न प्रहरीलाई पैदल चार घन्टा लागेको डिएसपी गौतमले बताए । प्रहरी बिहान १० बजे मात्रै घटनास्थल पुगेको थियो ।


मृतकको शबपनि डोको मै बोकेर पोष्ट मार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याउन थालिएको उनले जानकारी दिए । बाटो नभएको ठाउँसम्म सबैलाई डोकोमा बोकेर ल्याउने र बोटो भएको ठाउँदेखि प्रहरी र नगरपालिकाको गाडीले अस्पताल सम्म ल्याउने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्