लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको बेलवासमा दुर्घटना, बाबु छोराकोे मृत्यु

tillotmacitynews - 2022 Aug 31 07:04 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १५ गते २०७९।बुटवलको बेलवासमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । अपरान्ह ३ः३० बजे भएको दुर्घटनामा परि रुपन्देही बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५/६ वर्षिय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा मोटरसाईकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।


दुर्घटनाबाट गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको पनि प्रहरीले जानकारी दिएको छ । सोही मोटरसाइकलको पछाडी सवार १५ वर्षिय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षिय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्