लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक करोड बढीको सामान राजश्व अनुसन्धान कार्यालय बुटवलको नियन्त्रणमा

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १३ गते २०७९। राजश्व अनुसन्धान कार्यालय बुटवलले ट्रकसहित एक करोड बढीको सामान नियन्त्रणमा लिएको छ । गत साउन ३१ गते साँझ ५ बजे पुर्वी नवलपरासी जिल्ला मध्येबिन्दु नगरपालिका वडा न.७ बाट लु २ ख २२४ नम्बरको ट्रक सहित सामान नियन्त्रणमा लिएको हो ।विशेष सुराकीको आधारमा बिलमा उल्लेखित सामान भन्दा बढि भएको हुन सक्ने भन्दै राजश्व अनुसन्धान कार्यालय बुटवलले नियन्त्रणमा लिएको पाइएको हो ।सिद्धार्थ नगरपालिका वडा न.९,भानुपथ,भैरहवा रुपन्देही स्थित क्रिसा एण्ड क्रृसल सप्लार्यसबाट बद्रीनाथ ईन्टरप्राईजेज प्रा.ली काठमाण्डौँले लेडिज कुर्ता,सुरुवाल,साडी,सल गरि एक करोड एघारा लाख बराबरको सामान खरिद गरेको बिल अनुसार पाइएको छ ।


तर,राजश्व अनुसन्धान कार्यालय बुटवलले बिलमा उल्लेख गरिएको भन्दै बढि सामान भएको भन्दै अनुसन्धानलाई अगाडी बढाएको छ ।कत्तै भारतबाट अवैध रुपमा ल्याइएका ति सामान नक्कली बिल बनाएर तस्करी त भैरहेको छैन् भन्ने आंशका उत्पन्न भएको छ ।बिलमा भन्दा फरक पर्ने गएकाले नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेश पन्थीले बताएका छन् । पन्थीले भने,हामीले विशेष सुराकीको आधारमा ट्रकलाई नियन्त्रणमा लिएका छौँ,बिलमा भन्दा केही बढि सामान भएकाले कर छलि भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ,बास्तविकता थप अनुसन्धान पछि खुल्ने कुरा उल्लेख गरे ।


बुटवलका प्रमुख राजेश पन्थीका अनुसार ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा समेत लिएको बताए । अनुसन्धान पछि कर छलि भएको पाईए राजश्व चुवावट ऐन अन्तर्गत कार्वाही गरिने कुरा दर्साए ।राजश्व अनुसन्धान कार्यालय बुटवलले ट्रक सहित एक करोड एघारा लाख बढिको सामान नियन्त्रण लिएको दुई हप्ता हुन लाग्यो तर अहिले सम्म बिक्रेता र खरिद कर्तालाई सम्पर्कमा ल्याउन सकेको छैन् । अनुसन्धान ढिला हुदै जाँदा कत्तै मिलिमतोमा यो काम त भैरहेको छैन भन्ने शंका उत्पन्न भएको छ ।खुल्ला  सिमानाका कारण प्रहरीलाई झुक्काएर अवैध रुपमा सामान नेपाल भित्राउने काम भैरहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्