लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सियारीमा पानीमा डुबेर एक युवाको ज्यान गयो

tillotmacitynews - 2022 Aug 29 07:55 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १३ गते २०७९।  रुपन्देही, बाँके र सल्यानमा डुबेर तीन जनाको मृत्यु भएको छ । रूपन्देहीको सियारी गाउँपालिका–२ मेहथावल बस्ने ३९ वर्षीय राजु थारूको घर नजिकैको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।


बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सल्यानको कुमाख गाउँपालिका–३ रागेचौर बस्ने ४० वर्षीय पूर्ण बहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । 


उक्त कुलोमा डुबेर अशक्त भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको  हो ।  सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कमेन्ट गर्नुहोस्