लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना

tillotmacitynews - 2022 Aug 28 10:45 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  वुटवललाई कार्यथलो बनाई निर्भिक रुपमा जीवनभर अनवरत कलम चलाउनु भएका श्रमजीवी पत्रकार वसन्त पोखरेलको २०७९ साउन ३१ गते निधन भएको छ । उनले जीवन पर्यन्त पत्रकारिता क्षेत्रमा दिनु भएको योगदानलाई चिरस्मरण गर्दै उनको नाममा वसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।


स्वर्गीय पोखरेलको भदौं १२ गते १३ औं दिनको पुण्यतिथिमा पुरस्कार समन्वयका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंको संयोजकत्वमा महासंघ रुपन्देहीका अर्का पूर्व अध्यक्ष विनोद पहाडी सचिव रहनेगरी एक प्रेस विज्ञप्ती जारी गरी उक्त निर्णय गरिएको हो ।त्यस्तैगरी महासंघ रुपन्देहीका वर्तमान अध्यक्ष रामराज पोखरेल, पूर्व उपाध्यक्ष माधव नेपाल , वुटवल टुडे राष्ट्रिय दैनिकका प्रवन्ध सम्पादक नवराज कुँवर, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिं विक र छोरी सुनगाभा पोखरेल सदस्य रहनेगरी पुरस्कार समन्वय समिति गठन भएको छ ।


पुरस्कारका लागि नेपाल पत्रकार महासंघ रुपन्देही र अन्य सञ्चार संस्थासँग समन्वय गरी यसको विकास र प्रवद्र्धन गरिनेछ । परिवारजन र अन्य शुभेच्छुक साथीहरुको पहलमा प्रारम्भमा कम्तीमा एकलाख राशीको अक्षयकोष स्थापना गरिने गरी सो कोषबाट प्रत्येक वर्ष एक जना उत्कृष्ट श्रमजीवी पत्रकारलाई पुरस्कार प्रदान गरिने विज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्