लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिर्पट दाउराले हानेर पाल्पामा आफ्नै बाबुको हत्या

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  पाल्पाका १४ बर्षिय किशोरले चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । पाल्पा माथागढी ४ नेटामा सामान्य घरयासी झगडामा चिर्पट दाउराले प्रहार गर्दा ४५ वर्षिय तिलबहादुर दिसको घटनास्थलमै मृत्यु भएको छ ।


पाल्पा प्हरीका अनुसार घरयासी झगडाका क्रममा छोराले एक्कासी घर नजिकै रहेको चिर्पट दाउरादे बाबु दिसको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।घटना भएलगत्तै माथा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय तानसेन पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएको छन् ।

कमेन्ट गर्नुहोस्