लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशका पूर्व कृषि सचिव माटो बिज्ञ सुबेदीको निधन

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  केही दिन अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । मोटरसाइकल दुर्घटनाबाट टाउकोमा गम्भीर चोटलागेर मृडिसिटी अस्पतालको आइसीयूमा उपचार गराईरहेका सुबेदीको उपचारकै क्रममा निधन भएको हो ।


उनलाई भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गराइएकोमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव सुवेदीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लामो समय सेवा गरे । यसअघि लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरिसकेका उनी हाल प्रमुख माटो विज्ञका रुपमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्