लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आय व्यय नबुझाउने दललाई निर्वाचनमा सहभागी नगराउने आयोगको चेतावनी

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १०  गते २०७९।  निर्वाचन आयोगले वार्षिक आय व्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी नगराउने चेतावनी भएको छ।निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि भने ८४ वटा  दल मात्रै दर्ता भएका आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आय व्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने निर्णय भएको बताए।


उनले दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आय व्यय विवरणको अडिट रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्ने बताए। आयोगमा दर्ता भएका दलहरुले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरुको सूची सार्वजनिक गरिने उनले बताए। अयोगका सहायक प्रवक्ता अर्यालले दलहरुले आय व्यय विवरण नबुझाएको पाइएमा आयोगले पुनः माग गर्ने र माग गर्दा पनि नबुझाएको अवस्थामा निर्वाचनमा भाग लिन नदिइने बताए।

 

कमेन्ट गर्नुहोस्