लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोटरी र रोट्रयाक्ट बुटवलद्वारा श्री श्रृङ्गेश्वर धाम मन्दिर, तिलोत्तमामा वृक्षारोपण

IMG

                                                                                                                                    रोटरी क्लब अफ बुटवल  र रोट्रयाक्ट क्लब अफ बुटवल को संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका डिंगरनगरस्थित श्री श्रृङ्गेश्वर धाम मन्दिर परिसरमा मिति २०७९|०५|१० शुक्रबार वृक्षारोपण कार्यक्रम   सम्पन्न गरेका छन् । रोट्रयाक्ट क्लब अफ बुटवल क्लबका  सस्थापक अध्यक्ष तथा रोटरी क्लब अफ बुटवलका बर्ष २०२२|२३ का अध्यक्ष रो. बोनिन पिया र रोट्रयाक्ट क्लब अफ बुटवल क्लबका बर्ष २०२२|२३ का अध्यक्ष रो. नविन बन्जाडे को  संयुक्त अध्यक्षतामा सम्पन्न भएको छ ।


 


            उक्त कार्यक्रममा रक्तचन्दन, रुद्राक्ष,फलफुल तथा फुलहरुका विभिन्न प्रजातिका विरुवा रोपिएको थियो ।उक्त कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवलका बर्ष २०२२|२३ का अध्यक्ष रो. बोनिन पिया ले रोपिएका विरुवाको संरक्षण र मलजल गर्न श्रृंगेश्वर धामका सञ्चालकहरुलाई आग्रह गर्नुका साथै विरुवाको रेखदेखका लागि क्लबले पनि बेलाबेलामा निरीक्षण गर्ने बताए ।


 


कार्यक्रम संयोजक तथा क्लबका आईटी अफिसर रो. प्रियान्श भण्डारी ले स्वागत मन्तव्य राख्दै वृक्षारोपण गरी वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने उल्लेख गरेका थिए भने उक्त कार्यक्रममा बर्ष २०२२|२३ का अध्यक्ष रो. नविन बन्जाडेले धन्यवाद मन्तव्य राख्दै सामाजिक कार्यमा क्लब सधै लागिरहने बताए ।




कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्षहरु तथा बोर्ड सदस्यहरु, रोट्रयाक्ट क्लब अफ क्षितिज ईन्टरनेस्नलका अध्यक्ष तथा पदाधिकारीहरु, रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष तथा पदाधिकारीहरु,  मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत विभिन्न रोटरीयन तथा रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो ।

                                                                

कमेन्ट गर्नुहोस्