
तिलोत्तमा सिटी न्युज, भदौ ७ गते २०७९। रोट्र्याक्ट क्लब अफ रुपन्देहीले ११ औँ स्थापना दिवस सम्पन्न गरेको छ । रोट्रियन तथा तिलोत्तमा वडा नम्बर ५ का अधय्क्ष रमेश डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा रोटरी, रोटियन र अन्य गरि करिब ५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा रोटा वर्ष २०२२/२३ मा आफ्नो क्लब र समितिले गरेका कार्यमाथि प्रकाश पार्दै रोटा वर्ष २०२२/२३ का अध्यक्ष रोट्राक्टर अनिल कुमार अर्यालले आगन्तुक सबैलाई प्रसंशा पत्र तथा मायाको चिनोले सम्मान गरेका थिए। रोटा वर्ष २०२१/२२ मा कार्यसमितीमा रहेर क्लबमा योगदान पुर्याउनेलाई हौसला स्वरुप विभिन्न उपाधि प्रदान गरिएको थियो । साथै नयाँ आउने मेम्बर तथा क्लबका संस्थापक हरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमममा नव निर्बाचित रोटरीयन वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रे, वडा नम्बर ५ कै सदस्य तथा रोट्र्याक्ट भूपू अध्यक्ष हरि पन्त, वडा नम्बर ९ का सदस्य तथा रोट्र्याक्ट कमल शर्मा रेग्मीलगायतलाई सम्मान सहित सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको थियो।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ रुपन्देहीका संस्थापक अध्यक्ष प्रकाश गौतम, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारी,क्लबका भूपू अध्यक्ष हरु प्रताप भण्डारी , सन्दिप पाण्डे, पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो प्रधान गरिएको थियो।
रोट्र्याक्ट क्लब अफ रुपन्देहीका पुर्व अध्यक्ष्यहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष प्रकाश गौतमले क्लबले गरेका सामाजिक कार्यको उच्च प्रशंशागर्दै आगामी कार्यकाल सफल रहोस भन्दै बधाई तथा रोटा वर्ष २०२२ /२३ को लागि शुभकामना दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे , वडा नम्बर ९ का वडा सदस्य तथा पुर्व रोट्र्याक्ट कमल शर्मा रेग्मी, वडा नम्बर ५ का वडा सदस्य तथा रोट्र्याक्ट हरि पन्थ, मिलन भण्डारी, सुनिल पाण्डे,पुर्व अध्यक्षहरू प्रताप भण्डारी, सन्दिप पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका अध्यक्ष अनिल कुमार अर्यालको अध्यक्षतामा गरिएको उक्तकार्यक्रममा पुराना सदस्य हरुमा सम्मान तथा नयाँ सदस्यहरुलाई नयाँ सदस्यता प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्