
तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९। कपिलवस्तु बिजयनगर गाउँपालिका-७ गेढुवाजोत घाटस्थित भारतबाट लुकाइ छिपाइ ल्याएको सिसौको काठ प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी ठाकुरापुर कपिलबस्तु र बीओपीको संयुक्त टोलीले जंगलभित्र राखेको सिसौ जातको काठ १०० क्यु.फिट १८ गोलिया अन्दाजी ३ लाख ५० हजार बराबरको उक्त काठ बरामद गरेको हो ।बरामद गरिएको उक्त काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कमेन्ट गर्नुहोस्