
तिलोत्तमा सिटी न्युज, भदौ १ गते २०७९। राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरेको नागरिक ऐन संशोधन विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले भोलि (बिहीबार) का लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बिहीबार ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गर्न लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । खाँणले फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव राख्ने भएका छन्।
त्यसैगरी उक्त बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार साँझ सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्। यसरी फिर्ता भएको विधेयक संशेधन वा जस्ताको तस्तै सदनले फेरि पारित गरी पठाएमा १५ दिनभित्र राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्