लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोट्र्याक्ट क्लब अफ रुपन्देहीमा अनिल अर्याल, ११ औ पदस्थापन सम्पन्न

IMG

तिलोत्तमा सिटी न्युज, साउन २८ गते २०७९। रोट्र्याक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा अनिल कुमार अर्यालले पदभार ग्रहण गर्नुभएको छ । क्लबको एघारौ  अध्यक्षको रुपमा अनिल कुमार अर्याल बर्ष २०२२/२३ का लागि शनिबार पदस्थापित हुनुभएको हो । एक बर्षे कार्यकालका लागि अर्याल पदस्थापित हुनुभएको हो ।


रोट्र्याक्ट क्लब अफ रुपन्देहीको बर्ष २०२१/२२ का अध्यक्ष सन्दिप पाण्डेले अर्याललाई पद हस्तान्तरण गर्नुभएको हो । पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण,रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारी, निवर्तमान अध्यक्ष सन्दिप पाण्डे, सस्थापक अध्यक्ष प्रकाश गौतम, जोन चेयर लक्ष्मण श्रेष्ठ,पुर्व अध्यक्ष मिलन भण्डारी, रोट्र्याक्ट क्लब अफ राममणी मल्टिपल क्याम्पसका अध्यक्ष रुबिन पाण्डे, पूर्वअध्यक्षहरु प्रताप भण्डारी, सुरेश भण्डारी,हरि पन्थ, लगायतले शुभकामना तथा बधाई सहित क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। कार्यक्रमममा नयाँ कार्यसमितिसंगै रोट्र्याक्ट क्लब अफ रुपन्देहीका सदस्य तथा स्थानिय ब्यबसायी, बुद्धिजिविहरुको सहभागिता रहेको थियो ।क्लबले अघिल्लो बर्षमा राम्रो कार्य गर्ने सदस्य तथा सहयोगीहरुलाई सम्मान , मायाको चिनो दिदै आफ्नो डाइरेक्टरी बिमोचन र टिशर्ट समेत  सार्बजनिक गरेको छ।  



कमेन्ट गर्नुहोस्