लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालबाट २७ देशमा तीन अर्बको कुकुरबिरालोको खाना निर्यात

tillotmacitynews - 2022 Aug 12 11:43 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २७ गते २०७९। नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ । सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ । 


ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ । नेपालबाट सबैभन्दा ठूलो मात्रामा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेको छ । 


गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँ, कम्बोडियाले १ करोड ४३ लाख ३९ हजार रुपैयाँ, हङकङले १ करोड १९ लाख १३ हजार रुपैयाँ, जापानले ३ करोड ५ लाख ६८ हजार रुपैयाँ, नेदरल्याण्ड्सले १ करोड ९३ लाख ५० हजार रुपैयाँ, सिंगापुरले १ करोड २९ लाख ८५ हजार रुपैयाँ र बेलायतले ३ करोड २८ लाख ५४ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेका छन् ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९९८ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको थियो । 

कमेन्ट गर्नुहोस्