
तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। पाल्पाको डमराई पोखरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका १ स्थित डमराई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका गल्मी छत्रकोट ३ चोयघाका १४ वर्षिय मनोज रेश्मीको उपचारका क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
जनैपूर्णिमा मान्न गुल्मीबाट आफ्नो मामा घर साउने आएका रेश्मी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीय र प्रहरीले उद्दार गरि पाल्पा तानसेन स्थित मिसन अस्पतालमा पु¥याईएकोमा उपचारकै क्रममा मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए । प्रहरीका अनुसार साँझ ६ बजे उद्दार गरि अस्पताल पु¥याईएकोमा ८ः१५ बजे उनको मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्