
तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ। यसले गर्दा परिचालकहरुले सवारीमा काम गर्ने भएपनि सवारी चलाउनै नपाउने अवस्था छ ।
कतिपय अवस्थामा परिचालहरुले चलाएको सवारी दुर्घटना हुने गरेका छन् । अब परिचालक बन्न समेत न्य”नतम् योग्यता प”रा गर्नुपर्ने गरी अनुमतिपत्रको व्यवस्था गर्न छलफल भएको हो ।‘सबै कुरा टुंगिएका छैनन्, तर परिचालकलाई पनि अनुमतिपत्र दिनुपर्छ भन्नेमा मन्त्रीज्यूहरु एकमत हुनुभएको छ’ यातायात मनत्रालय स्रोतले भन्यो । सवारी परिचालक अनुमतिपत्रका लागि प्रदेश सरकारहरुले पनि छुट्टै कानुनी प्रवन्ध गर्नुपर्ने छ ।
कमेन्ट गर्नुहोस्