लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल बमघाट टु बसन्तपुर केबलकार सञ्चालनमा आउने

IMG

तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९।  आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रा.लि.को शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।


रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिने लागेको हो । केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत भइसकेको छ। 


कमेन्ट गर्नुहोस्